दफा ४६५
अन्य लिखत पारित गर्न सक्ने

(१) कुनै व्यक्तिले चाहेमा दफा ४६४ मा लेखिएदेखि बाहेक अन्य लिखत समेत पारित गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लिखत पारित गर्नको लागि कुनै व्यक्तिको निवेदन परेमा सम्बन्धित कार्यालयले कानूनको रीत पु¥याई त्यस्तो लिखत पारित गरिदिनु पर्नेछ ।